प्रधानमन्त्री बालेन शाहद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

20
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाह ले चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र को निरीक्षण गरेका छन्।
  • उनले हात्ती संरक्षण, प्रजनन तथा व्यवस्थापनसम्बन्धी गतिविधिबारे जानकारी लिँदै केन्द्रको भूमिकाको प्रशंसा गरेका छन्।
  • रास्वपाको महाधिवेशनका क्रममा चितवन पुगेका प्रधानमन्त्री शाहले स्थानीयवासीसँग भेटघाट समेत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चितवनको सौराहास्थित खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण गरेका छन्। सपरिवार केन्द्र पुगेका प्रधानमन्त्री शाहले त्यहाँ भइरहेका हात्ती संरक्षण, प्रजनन तथा व्यवस्थापनसम्बन्धी गतिविधिबारे जानकारी लिएका हुन्।

केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार हाल खोरसोरमा ९ वटा माउ हात्ती र ७ वटा छावा रहेका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले वन्यजन्तु संरक्षणमा केन्द्रले खेलिरहेको भूमिकाको प्रशंसा गरे।

यसैगरी, प्रधानमन्त्री शाहले कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बस्ने क्रममा स्थानीयवासीसँग अनौपचारिक भेटघाट र भलाकुसारी समेत गरेका छन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री शाह महाधिवेशनका विभिन्न राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहेका छन्।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...