मन्त्री सोविता गौतमले सुरु गरिन् 'मेक योअर ओन ल' पोर्टल

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

5
Share
Featured
  • कानुनमन्त्री सोविता गौतमको ‘आफ्नो कानुन आफै बनाउने’ अभियानमा १८ दिनमै देशभरबाट १०३ सुझाव प्राप्त भएका छन्।
  • लिभिङ टुगेदरलाई कानुनी मान्यता, प्रि-नप सम्झौता, धर्मपुत्र/पुत्री राख्ने व्यवस्था तथा ‘रोमियो-जुलियट ल’ जस्ता विषयमा सुझाव आएका छन्।
  • प्राप्त सुझावहरूको अध्ययन गरी कानुन निर्माण प्रक्रियामा समावेश गरिने भन्दै मन्त्री गौतमले नागरिकलाई थप सहभागिताका लागि आह्वान गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सुरु गरेको ‘आफ्नो कानुन आफै बनाउने’ (मेक योअर ओन ल) अभियानमा नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको छ। अभियान सुरु भएको १८ दिनमै देशभरबाट १०३ वटा महत्त्वपूर्ण र रोचक सुझावहरू प्राप्त भएका छन्।

मन्त्री गौतमका अनुसार प्राप्त सुझावहरूमध्ये 'लिभ इन रिलेसनसीप' (लिभिङ टुगेदर) लाई कानुनी मान्यता दिनुपर्ने, विवाहअघि नै सम्पत्तिको विषय टुङ्ग्याएर विवाह गर्ने (प्रि-नप), र १० वर्षसम्म सन्तान नभएका दम्पतीले मेडिकल रिपोर्टका आधारमा तत्काल धर्मपुत्र/पुत्री राख्न पाउनुपर्ने जस्ता विषयहरू समेटिएका छन्। यस्तै, झुटा मुद्दा लगाएर कानुनी झमेलामा पारिएका व्यक्तिले सफाइ पाउँदा क्षतिपूर्ति पाउनुपर्ने, विवाहित महिलाले आफ्नो इच्छाअनुसार ठेगाना घोषणा गर्न पाउनुपर्ने र सहमतिमा रहेका किशोर-किशोरीबीचको यौन सम्बन्धलाई 'रोमियो जुलियट ल' मार्फत फरक ढङ्गले हेर्नुपर्ने सुझाव पनि आएका छन्।

मन्त्री गौतमले कानुनको स्रोत सरकार मात्र नभई नागरिक पनि बन्नुपर्छ भन्ने उद्देश्यका साथ यो पोर्टल सुरु गरेकी हुन्। "कानुनको अज्ञानता क्षम्य हुँदैन, त्यसैले नागरिकले आफूलाई निर्देशित गर्ने कानुनबारे थाहा पाउनुपर्छ र निर्माणमा सहभागी हुनुपर्छ," उनले भनिन्। पोर्टलमा कानुनको मस्यौदा र मौजुदा कानुन पढेर मात्र सुझाव दिन मिल्ने व्यवस्था गरिएको छ, ताकि सुझावहरू सुझबुझपूर्ण र ओजनदार हुन्।

मन्त्री गौतमले प्राप्त सुझावहरूलाई बृहत् अध्ययन गरी कानुन निर्माणको प्रक्रियामा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै थप सुझावका लागि मन्त्रालयको वेबसाइटमार्फत सहभागी हुन नागरिकहरूलाई अपिल गरेकी छिन्।

यो समाचारमा

सोबिता गौतमकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...