वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ- अर्थमन्त्री वाग्ले

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

9
Share
Featured
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले ठूलो वित्तीय अपराधमा संलग्न समूहले आफू र प्रधानमन्त्रीमाथि नियोजित आक्रमण गरिरहेको दाबी गरेका छन्।
  • सरकारले गम्भीर वित्तीय अपराधको छानबिन गरिरहेको र उक्त मुद्दा केही दिनमै अदालत पुग्ने उनले बताएका छन्।
  • सांसदहरूलाई स्वार्थ समूहको प्रभावमा नपर्न र संसदको गरिमा जोगाउन आग्रह गर्दै वित्तीय सुशासनका प्रयासमा अवरोध भइरहेको संकेत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहले आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण गरिरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेट सम्बन्धी छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री वाग्लेले सरकारले हाल ठूलो वित्तीय अपराधको छानबिन गरिरहेको र केही दिनमै यो विषय अदालत पुग्ने जानकारी दिए। "हामीले गरिरहेको छानबिनबाट रुष्ट भएका समूह र उनीहरूबाट पालित पोसित व्यक्तिहरूले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेको मेरो शंका छ," उनले भने।

उनले सार्वभौम संसदका सदस्यहरूलाई यस्ता समूहका कुराबाट प्रभावित नहुन र लहलहैमा लागेर संसदको गरिमा कमजोर नपार्न समेत आग्रह गरे। सरकारले वित्तीय सुशासन कायम गर्न खोज्दा स्वार्थ समूहहरूले अवरोध सिर्जना गर्न खोजेको उनको संकेत थियो।

यो समाचारमा

स्वर्णिम वाग्लेप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...