जनताको विश्वासमा आघात नपुग्ने गरी काम गरौँ- सभामुख अर्याल

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

9
Share
Featured
  • सभामुख डोल प्रसाद अर्याल ले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका छन्।
  • ११औँ अन्तर व्यवस्थापिका सम्मेलनले सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना, संसदीय बजेट कार्यालयको प्रक्रिया अघि बढाउने तथा क्षमता अभिवृद्धिका लागि व्यवस्थापिकीय प्रतिष्ठान स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ।
  • सम्मेलनले ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयलाई संघीय संसद सचिवालयमार्फत व्यवस्थित गर्ने सहमति गरेको छ भने १२औँ सम्मेलन कर्णाली प्रदेश मा आयोजना गर्ने तय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सभामुख डोल प्रसाद अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन्। सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताले दिएको प्रतिनिधित्वको जिम्मेवारीलाई आघात नपुग्ने गरी पुरा गर्नु नै प्रमुख दायित्व भएको बताए।

सभामुख अर्यालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय र अनुभव आदानप्रदान आवश्यक रहेको उल्लेख गर्दै संसदीय कार्यलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली र जनमुखी कानुन निर्माणमा जोड दिए। सम्मेलनले ९ बुँदे सन्देशपत्र जारी गर्दै सबै प्रदेश सभामा 'डिजिटल पार्लियामेन्ट' प्रणाली स्थापना गर्ने, संसदीय बजेट कार्यालय खोल्ने प्रक्रिया अघि बढाउने र क्षमता अभिवृद्धिका लागि व्यवस्थापिकीय प्रतिष्ठान स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ।

सम्मेलनको समापनमा सभामुख अर्यालले सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई सन्देशपत्र हस्तान्तरण गरे। आगामी १२औँ अन्तर व्यवस्थापिका सम्मेलन कर्णाली प्रदेशमा आयोजना गरिने तय भएको छ। सम्मेलनले अन्तर व्यवस्थापिका मञ्चको सचिवालयलाई संघीय संसद सचिवालयमार्फत व्यवस्थित गर्ने सहमति समेत गरेको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालकाठमाडौँसुदूरपश्चिम प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...