अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

Author

सजिलो पत्रिका

२०८३ जेठ २२, शुक्रबार

3
Share
Featured
  • नेपाल विद्युत् प्राधिकरण को भरतपुर वितरण शाखाले बढ्दो गर्मीका कारण विद्युत्को माग अत्यधिक बढेकाले अत्यावश्यकबाहेकका विद्युतीय सामग्री कम प्रयोग गर्न आग्रह गरेको छ।
  • ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, भोल्टेज घट्ने तथा विद्युत् आपूर्तिमा समस्या देखिएको वितरण केन्द्रले जनाएको छ।
  • राजेन्द्रकुमार चौधरी का अनुसार ग्रीड सबस्टेशन अटोमेसनको काम र गर्मीयाममा बढेको विद्युत् खपतका कारण सेवा प्रभावित भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ ।

गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले बताउनुभयो ।

अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्नेजस्ता समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या हुन गएको छ । नेपाल विद्युत् प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सबस्टेशनलाई अटोमेसन गर्न लागेकाले समेत विद्युत् आपूर्तिमा समस्या भएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको सबस्टेशनमा १० वटा पिलरको फिडरलाई अटोमेसन गर्ने काम गरिएको थियो । वैशाख १६ गतेदेखि सुरु गरिएको अटोमेसन कार्य रोकिएको छ भने वितरण केन्द्रबाट दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।

यस केन्द्रमा १८० मेगावाटको क्षमता रहेको छ । यहाँबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् जाने गर्दछ । केन्द्रमा हाल ७५ हजार ग्राहक छन् । सबै ग्राहकले गर्मीको समयमा विद्युत् खपत बढाउँदा समस्या आएको चौधरीले बताउनुभयो । यस वितरण केन्द्रका दुईवटा सबस्टेसनमा ९०–९० मेगावाट विद्युत् आपूति हुने गर्दछ ।

यो समाचारमा

नेपाल विद्युत प्राधिकरणभरतपुर महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

    वीरगन्ज ,पर्सा ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकाबाट रु २० अर्ब ७९ करोड मूल्य बराबरको को खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात  मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी

    Data is loading...

    Loading brands...

    Loading footer...