विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

Author

सजिलो पत्रिका

२०८३ जेठ २१, बिहिबार

16
Share
Featured
  • विजयकुमार चौधरी मलेसियाको रोजगारी छाडेर व्यावसायिक माछापालनमा लागेपछि ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन्।
  • रामचन्द्र पौडेल ले चौधरीलाई २ लाख रुपैयाँ राशिसहित सम्मान गरेका हुन्। उनले ३ बिघा जमिनमा माछापालन गर्दै वार्षिक ४५ क्विन्टल माछा बिक्री गरी वर्षमा ९ लाख रुपैयाँभन्दा बढी बचत गर्दै आएका छन्।
  • चौधरीले कृषि क्षेत्रमा युवाहरूका लागि नेपालमै राम्रो सम्भावना रहेको बताउँदै व्यवसाय विस्तार गर्ने योजना र स्वदेशी माछा उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यावसायिक माछापालनमा लागेका कञ्चनपुरका विजयकुमार चौधरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' बाट सम्मानित भएका छन्। लालझाँडी गाउँपालिका–४ का चौधरीलाई हालै राष्ट्रपति रामचन्द्र पौडेलले २ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेका हुन्।

विगत ७ वर्षदेखि ३ बिघा जमिनमा माछा पोखरी बनाएर व्यवसाय गरिरहेका चौधरीले वार्षिक ४५ क्विन्टल माछा बिक्री गर्दै आएका छन्। सबै खर्च कटाएर वर्षमा ९ लाख रुपैयाँभन्दा बढी बचत गर्ने गरेको उनले बताए। राष्ट्रपतिबाट पाएको सम्मानले कृषि पेसाप्रति थप जाँगर बढेको बताउँदै उनले अब थप ५ बिघा जमिन भाडामा लिएर व्यवसाय विस्तार गर्ने योजना सुनाए।

"माटोमा पसिना बगाए युवा विदेश जानु पर्दैन, यहीँ राम्रो मुनाफा कमाउन सकिन्छ," चौधरीले भने। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट हुने माछा आयात रोक्न र बजारको सुनिश्चितता गरिदिन सरकारसँग माग समेत गरेका छन्। उनको फार्मले स्थानीय बजारको माग धान्नुका साथै अन्यलाई रोजगारी समेत प्रदान गरेको छ।

यो समाचारमा

मलेसियाकाठमाडौँलालझाँडी गाउँपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...