मङ्गलबार नेप्सेमा २२ अंकको बृद्दि

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

20
Share
Featured
  • नेप्से परिसूचक मङ्गलबार २२.२१ अङ्क (०.८०%) ले बढेर २७७७.५८ विन्दुमा पुगेको छ।
  • ३४६ कम्पनीका १ करोड १३ लाख कित्ता सेयर ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीमा कारोबार हुँदा १८४ कम्पनीको मूल्य बढेको छ।
  • कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८% ले बढेको छ भने कारोबार रकममा आँखुखोला जलविद्युत कम्पनी ४६ करोड ७६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको दोस्रो कारोबार दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सुधार देखिएको छ।

अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज २२.२१ अङ्क (०.८० प्रतिशत) ले बढेर २७७७.५८ विन्दुमा बन्द भएको छ।

आज ३४६ कम्पनीका १ करोड १३ लाख कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँमा खरिद–बिक्री भएका छन्। बजारमा १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटाको घटेको छ। कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९८ प्रतिशत नाफा कमाएका छन् भने सेन्ट्रल फाइनान्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी ४६ करोड ७६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। क्षेत्रगत रूपमा उत्पादनमूलक बाहेक अन्य सबै उपसूचकहरू बढेका छन्, जसमा 'अन्य' समूहको सूचक सबैभन्दा धेरै ३.८४ प्रतिशतले उकालो लागेको छ। खरिदकर्ताको चाप बढ्दा परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक प्रभाव देखिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...