विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

Author

सजिलो पत्रिका

२०८३ जेठ १८, सोमबार

21
Share
Featured
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
  • विपक्षीहरूले प्रधानमन्त्रीसँग माफी माग्न र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
  • माग पूरा नभएसम्म संसद चल्न नदिने अडानसहित अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदले संसद्मा अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

सोमबार अपराह्न दोस्रो पटक सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। 

उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन्। विपक्षी दलले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। 

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ। 

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...