सीमासम्बन्धी अभिव्यक्ति नसच्याए बजेट छलफल चल्न नदिने विपक्षीको चेतावनी

Author

सजिलो पत्रिका

२०८३ जेठ १८, सोमबार

19
Share
Featured
  • पाँच विपक्षी दलले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संसद्मै माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन्।
  • प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याएसम्म बजेटमाथिको छलफल अघि बढ्न नदिने निर्णय विपक्षीहरूको छ।
  • विपक्षी दलहरूले उक्त अभिव्यक्तिलाई सार्वभौमसत्ता र कूटनीतिक मर्यादाविपरीत भन्दै संसद्मा कडा प्रतिवाद गर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले नेपालभारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन्। सोमबारसिंहदरवारस्थित नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा बसेको पाँच विपक्षी दलको बैठकले प्रधानमन्त्रीको भनाइ सार्वभौमसत्ता विपरीत रहेको ठहर गरेको हो।

नेपालले भारतको भूमि मिचेको भन्ने आशयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने विपक्षीहरूको माग छ। कांग्रेस सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीले संसद्मा उभिएर आफ्नो भनाइ नसच्याएसम्म बजेटमाथिको छलफल अघि बढ्न नदिने निर्णय भएको छ। "नेपालले कुनै पनि अवस्थामा भारतको भूमि नमिचेको तथ्य स्पष्ट हुँदाहुँदै प्रधानमन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु नागरिकको भावनामा चोट पुर्‍याउनु हो," राईले भने।

बैठकले लिपुलेक–कालापानीसहितको सीमा विवादमा तेस्रो मुलुक (बेलायत) लाई जोड्ने प्रयासलाई समेत गम्भीर कूटनीतिक त्रुटि भनेको छ। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले मुलुकको कूटनीतिक मर्यादामा आँच पुर्‍याएको भन्दै विपक्षी दलहरूले संसद्मा कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।

यो समाचारमा

नेपाली काँग्रेसभारतनेपालसिंहदरवार
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...