काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले विपक्षी दलहरूको बैठकपछि बोल्दै प्रधानमन्त्रीको उक्त भनाइ त्रुटिपूर्ण र प्रमाणविहीन भएको दाबी गरिन्।
प्रमुख सचेतक ओलीले प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले यस्तो संवेदनशील विषयमा विना प्रमाण बोल्नु आपत्तिजनक भएको बताइन्। उनले प्रधानमन्त्रीले ‘क्रस-बोर्डर अक्यूपेन्सी’ (स्थानीय स्तरको भोगचलन) र ‘बोर्डर इन्क्रोचमेन्ट’ (राज्यस्तरको अतिक्रमण) बीचको भिन्नता बुझ्न नसकेको तर्क गरिन्।
राप्रपाले यस विषयमा प्रधानमन्त्री र सरकारका साथै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत आफ्नो आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने माग गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र उनले नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राखेका छन्।