प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन झलनाथ खनालको आग्रह

Author

सजिलो पत्रिका

२०८३ जेठ १८, सोमबार १०:०३

18
Share
Featured
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्र विरोधी’ र ‘खतरनाक’ भन्दै आलोचना गरेका छन्।
  • खनालले यस्तो दाबी कुन तथ्य र प्रमाणका आधारमा गरिएको हो भन्दै प्रश्न उठाएका छन्।
  • उनले प्रधानमन्त्रीसँग माफी माग्न र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनी दिएको अभिव्यक्तिलाई ‘राष्ट्र विरोधी’ र ‘खतरनाक’ भन्दै कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले यस्तो गम्भीर र गलत अभिव्यक्ति दिने व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी गरे। उनले बालेनले कुन तथ्य, प्रमाण वा दस्तावेजका आधारमा यस्तो दाबी गरेको भन्दै प्रश्न गरेका छन्। खनालले यो अभिव्यक्तिले ३ करोड नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको र विदेशीको चाकडी गर्ने हिसाबले आएको आरोप लगाएका छन्।

खनालले प्रधानमन्त्री बालेनले आफ्नो भनाइप्रति माफी माग्नुपर्ने माग गर्दै उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन सभामुखसँग आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेनले भारतले मात्र नभई नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको र दुवै देशले अध्ययन गरेर यसलाई समाधान गर्ने बताएका थिए। प्रधानमन्त्रीको यो विवादास्पद अभिव्यक्तिपछि राजनीतिक वृत्तमा उनको तीव्र विरोध भइरहेको छ।


यो समाचारमा

झलनाथ खनालबालेन्द्र शाह (बालेन)काठमाडौँनेपाल
भारत5 more

ट्यागहरू

#झलनाथ खनाल#प्रधानमन्त्री वालेन्द्र शाह#नेपाली कम्युनिस्ट पार्टी#नेपाल–भारत सीमा क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू