रास्वपा सचिवालयको बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

15
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बेलुकी ८ बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ।
  • बैठकमा महाधिवेशन, विधान संशोधन, प्रदेश तथा जिल्ला अधिवेशन कार्यविधि, र सांसदहरूको जिम्मेवारी बाँडफाँटलगायत विषयमा छलफल हुनेछ।
  • अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागमा मनोनयन, अनुशासनात्मक कारबाही र समसामयिक राजनीतिक गतिविधिबारे पनि निर्णय लिइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (आइतबार) बेलुकी ८ बजे बस्ने भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार भर्चुअल माध्यमबाट बस्ने यस बैठकमा पार्टीको आगामी महाधिवेशन र आन्तरिक संगठन सुदृढीकरणका विषयमा महत्त्वपूर्ण छलफल हुनेछ।

बैठकका लागि १० वटा मुख्य कार्यसूची तय गरिएका छन्। जसमा महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, प्रदेश अधिवेशन कार्यविधि र संघीय सांसदहरूको पार्टी जिम्मेवारी बाँडफाँट रहेका छन्। यसका साथै अनुशासन आयोग, निर्वाचन आयोग र विभिन्न विभागहरूमा मनोनयन तथा अनुशासनात्मक कारबाहीका विषयमा पनि बैठकले निर्णय लिनेछ।

बैठकमा महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू गठन गर्ने र जिल्ला अधिवेशन कार्यविधिमा संशोधन गर्नेबारे पनि छलफल हुनेछ। विशेषगरी तल्लो तहको अधिवेशनमा २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई माथिल्लो तहको अधिवेशनमा प्रतिनिधि बनाउने व्यवस्था र समसामयिक राजनीतिक गतिविधिका विषयमा पनि सचिवालयले समीक्षा गर्ने महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

यो समाचारमा

कविन्द्र बुर्लाकोटीराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...