सुर्तीजन्य पदार्थ र भेपको भ्रमबाट जोगिन स्वास्थ्यमन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

13
Share
Featured
  • विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले सुर्तीजन्य पदार्थ सेवन त्याग्न सबैलाई आग्रह गरेकी छन्।
  • उनले भेप (ई–सिगरेट) र हुक्का पनि परम्परागत सुर्तीसरह हानिकारक हुने भन्दै विशेषगरी युवापुस्तालाई यसको प्रलोभनमा नपर्न सचेत गराएकी छन्।
  • नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने र यसकै कारण वार्षिक ३९ हजारभन्दा बढीको मृत्यु हुने तथ्याङ्क उल्लेख गर्दै सरकारले नियन्त्रण तथा नियमनमा जोड दिएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले 'विश्व सुर्तीजन्य पदार्थरहित दिवस' का अवसरमा सुर्तीजन्य पदार्थको सेवन त्याग्न सबैमा आग्रह गरेकी छन्। आज एक सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको लत त्याग्न दृढ इच्छाशक्ति र परिवारको साथ आवश्यक रहेको बताउँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।

मन्त्री मेहताले आधुनिक र आकर्षक देखिने नाममा प्रयोग भइरहेका भेप (ई-सिगरेट) र हुक्का परम्परागत सुर्ती जस्तै हानिकारक हुने भन्दै यसको प्रलोभनमा नपर्न युवा पुस्तालाई सचेत गराइन्। "विभिन्न स्वाद र आकर्षक प्याकेजिङमार्फत सामाजिक सञ्जालमा भइरहेको भ्रमपूर्ण बजारीकरणले किशोरकिशोरीलाई कुलतमा फसाउँदैछ, यसप्रति सबै गम्भीर हुनुपर्छ," उनले भनिन्।

तथ्याङ्कअनुसार नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् भने यसकै कारण वार्षिक ३९ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। मन्त्री मेहताले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको उल्लेख गरिन्। नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।

यो समाचारमा

निशा मेहताकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...