'क्युआर' बाट पैसा उठाएर विकास गर्‍यौँ, सहकारी ठग जोगाएका छैनौँ- अध्यक्ष साम्पाङ

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

13
Share
Featured
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले जनसहभागिता र सहयोग सङ्कलनमार्फत पुल, पार्क, बाटो र खानेपानी आयोजना निर्माण गरेको दाबी गरेका छन्।
  • उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि सहकारी प्रकरण र विदेशी ऋणको विषयमा कडा आरोप लगाउँदै आलोचना गरेका छन्।
  • साम्पाङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनका समर्थक र रास्वपा समर्थकबीच तीव्र बहस तथा वाक्युद्ध सुरु भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले आफ्नो पार्टीले जनसहभागिता र सहयोग सङ्कलनमार्फत विकास निर्माणका काम गरेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा प्रहार गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो 'क्युआर कोड' अभियानको आलोचना गर्नेहरूलाई कडा जवाफ दिएका हुन्।

"धेरै क्युआर/क्युआर नभन, हामीले सहयोग आह्वान गरेर पुल, पार्क, बाटो र खानेपानी जोडेका छौँ," साम्पाङले लेखका छन्। उनले रास्वपा र तिनका समर्थकहरूले रकम सङ्कलन गरेर सहकारी ठग्ने आफ्ना नेताको बचाउ गरेको र विदेशी ऋण जनताको टाउकोमा बोकाएको आरोप लगाएका छन्। साम्पाङले धरान र सुदूरपश्चिममा जनसहभागिताबाटै झोलुङ्गे पुल र खानेपानी आयोजना सम्पन्न गरेको उदाहरण दिएका छन्।

अर्को एक प्रसङ्गमा उनले सहकारी ठगहरूले ठगेको अर्बौँ रुपैयाँ राज्यको ढुकुटी र जनताले तिरेको करबाट तिर्नुले रास्वपा सम्मिलित सरकारको 'असली चरित्र' उदाङ्गो भएको टिप्पणी गरेका छन्। साम्पाङको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा रास्वपा समर्थक र साम्पाङका समर्थकबीच पक्ष-विपक्षमा बहस र वाक्युद्ध तीव्र बनेको छ। उहाँले सार्वजनिक पदमा रहेर पनि विकासका लागि चन्दा मागेको भन्दै रास्वपा कार्यकर्ताले आलोचना गरेपछि साम्पाङको यस्तो आक्रोशपूर्ण प्रतिक्रिया आएको हो।


यो समाचारमा

श्रम संस्कृति पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीहर्कराज साम्पाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...