रास्वपा बलियो भए आगामी दुई-तीन दशक देशको नेतृत्व गर्छ- महामन्त्री शाह

Author

सजिलो पत्रिका

२०८३ जेठ १६, शनिबार

12
Share
Featured
  • रास्वपाका महामन्त्री भूपदेव शाहले रास्वपा नेतृत्वको सरकारले चुनावी वाचाअनुसार बजेट ल्याएको र विकासमा प्रतिबद्ध रहेको बताएका छन्।
  • उनले सबल र सङ्गठित रास्वपा बनेमा आगामी दुई–तीन दशकसम्म देशको नेतृत्व गर्न सक्ने दाबी गरेका छन्।
  • महाधिवेशनको तयारी भइरहेको उल्लेख गर्दै उनले सङ्गठन निर्माणमा योगदान दिने कार्यकर्तालाई अवसर दिने र पार्टीलाई बलियो बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भुप देव शाहले पार्टी नेतृत्वको सरकारले देशको विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन्। चितवनको भरतपुरमा आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नो चुनावी वाचापत्रअनुसार नै बजेट ल्याएको र जनतासँग गरिएका बाचाहरू पूरा गर्न प्रतिबद्ध रहेको बताए।

महामन्त्री शाहले सरकारले सफा नियतका साथ काम गरिरहेको दाबी गर्दै पार्टीको वाचापत्रलाई बजेटमार्फत कार्यान्वयनमा लगिएको उल्लेख गरे। उनले सबल र सङ्गठित पार्टीको माध्यमबाट मात्रै देश निर्माण सम्भव हुने बताउँदै रास्वपा बलियो भएमा आगामी दुई-तीन दशकसम्म देशको नेतृत्व गर्ने दाबी गरे।

पार्टी अहिले महाधिवेशनको प्रक्रियामा रहेको जानकारी दिँदै उनले सङ्गठन निर्माणमा योगदान दिने कार्यकर्ताहरूलाई उचित अवसर दिइने प्रतिबद्धता समेत जनाए। उनले जगैदेखि पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर लाग्न आह्वान गरे। रास्वपाले आफ्नो नीति र कार्यक्रममार्फत मुलुकमा सुशासन र समृद्धि ल्याउने उनको भनाइ थियो।

यो समाचारमा

भरतपुरभुप देव शाहकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...