गणतन्त्रको रक्षा र राष्ट्रिय सहकार्यमा प्रचण्डको जोड

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

13
Share
Featured
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नेपालीहरूको पहिलो जिम्मेवारी भएको बताएका छन्।
  • उनले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य र एकताको आवश्यकता औंल्याएका छन्।
  • प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै नेपालीहरूको पहिलो जिम्मेवारी भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्न सबैमा आह्वान गरे।

अध्यक्ष प्रचण्डले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा एकजुट हुन जोड दिएका छन्। मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा अघि बढाउन राजनीतिक शक्ति र नागरिकबीचको एकता अपरिहार्य रहेको उनको सन्देशमा उल्लेख छ। उनले प्राप्त उपलब्धिको जगमा उभिएर जनताको जीवनस्तर बदल्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...