सुशासन र समृद्धि नै आजको राष्ट्रिय आवश्यकता- राष्ट्रपति पौडेल

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

18
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र समृद्धि नै आजको मुख्य राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
  • उनले सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
  • गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय एकता र आपसी विश्वास बलियो बनाउन सबैलाई आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नु आजको मुख्य राष्ट्रिय आवश्यकता भएको बताएका छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्।

राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकास हासिल गर्न तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। उनले राष्ट्रिय हित, स्वाभिमान र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्‍याउन सबै राजनीतिक दल र सरोकारवालाहरूलाई आह्वान समेत गरे।

२०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रपतिले लोकतान्त्रिक आन्दोलनका नेतृत्वकर्ता र सहभागी आम नागरिकको योगदानको उच्च प्रशंसा गरे। उनले गणतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो दिवसले नेपालीहरूबीच आपसी विश्वास र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

यो समाचारमा

गणतन्त्र दिवसकाठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...