चीनको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

21
Share
Featured

काठमाडौँ


उत्तरी चीनको साङ्सी प्रान्तमा रहेको कोइला खानीमा भएको ग्यास विस्फोटपछि भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ भने ९ जना अझै बेपत्ता रहेका छन्। ताइयुआनको आपतकालीन व्यवस्थापन ब्युरोले उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ।

ताइयुआन काउन्टीस्थित लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएपछि ठूलो दुर्घटना भएको हो। प्रान्तीय सरकारले उद्धार तथा राहत कार्यका लागि ७५५ जनाभन्दा बढी उद्धारकर्ता र स्वास्थ्यकर्मीलाई घटनास्थलमा परिचालन गरेको जनाएको छ।

दुर्घटनापछि १२३ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको छ भने ३३ जना उपचारपछि घर फर्किसकेका छन्।

चिनियाँ अधिकारीहरूले घटनासँग सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...