चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

20
Share
Featured

काठमाडौँ

ताप्लेजुङको ओलाङचुङ्गोला नाकामा रहेको भन्सार कार्यालय कर्मचारी व्यवस्थापनसँगै पुनः सञ्चालनमा आएको छ। कोभिड–१९ महामारीपछि बन्द रहेको उक्त नाका अब नियमित रूपमा सञ्चालनमा आउने भएको हो।

फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार पहिले कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको भन्सार कार्यालय हाल नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएपछि पुनः सक्रिय भएको हो। नेपालचीन सीमासँग जोडिएको यो नाका पूर्वी क्षेत्रको सबैभन्दा छोटो व्यापारिक मार्गका रूपमा मानिन्छ।

वडाध्यक्ष लामाले ओलाङचुङ्गोलाबाट करिब २४ किलोमिटर दूरी पार गरी नेपाल–चीन सीमा टिप्ताला नाका पुग्न सकिने जानकारी दिए। उनले करिब ४० वर्ष पुरानो भन्सार भवन जीर्ण अवस्थामा रहेको भन्दै नयाँ संरचना निर्माणका लागि पहल भइरहेको पनि बताए।

स्थानीय जनप्रतिनिधिहरूले आगामी बजेटमार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जनाएका छन्। नाका पुनः सञ्चालनमा आएपछि राजस्व सङ्कलन र व्यापारिक गतिविधि बढ्ने अपेक्षा स्थानीयले गरेका छन्।

यो समाचारमा

काठमाडौँचीनफक्ताङलुङ गाउँपालिकानेपाल
ताप्लेजुङ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...