वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

15
Share
Featured
  • अविरल वर्षा र पहिरोका कारण कर्णाली करिडोर, मध्यपहाडी लोकमार्ग, हिल्सा–सिमकोट सडक र वीपी राजमार्गका केही खण्ड प्रभावित भएका छन्।
  • कालीकोट र लम्जुङका सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने हिल्सा–सिमकोट र वीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ।
  • भोजपुर, संखुवासभा र म्याग्दीका केही सडकमा पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्ला केही दिनदेखि परेको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बाढी र पहिरोका कारण कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा प्रभावित बनेको छ।

कर्णाली करिडोरअन्तर्गत कालीकोट क्षेत्रमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको बिमिरेभन्ज्याङ क्षेत्रमा जेठ ४ गतेदेखि पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द रहेको छ।

हुम्लाको नाम्खा गाउँपालिका–२ क्षेत्रमा सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै वैशाख २९ गतेदेखि हिल्सा–सिमकोट सडक खण्डमा सवारी सञ्चालन रोकिएको छ। यस्तै, वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

यद्यपि केही क्षेत्रमा पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण प्रभावित मध्यपहाडी लोकमार्ग तथा संखुवासभाको मकालु क्षेत्रमा पहिरोले अवरुद्ध कोशी राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। त्यसैगरी म्याग्दीको बेनी–जोमसोम सडक खण्डको जलथले र तल्लो बैसरी क्षेत्रमा पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ।


यो समाचारमा

कर्णाली प्रदेशहुम्लाकाठमाडौँलमजुङ
बागमती प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

    काठमाडौँ, ९ असारःराष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुगेको छ ।मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा

    Data is loading...

    Loading brands...

    Loading footer...