जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

21
Share
Featured

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ। जेठ ११ गतेसम्म चल्ने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने जनाइएको छ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीच एकता भएपछि आयोजना गरिएको यो पहिलो केन्द्रीय समिति बैठक हो। बैठकमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा, केन्द्रीय कार्यालय व्यवस्थापन तथा पार्टी संरचनालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल हुनेछ।

बैठकमा केन्द्रीय, प्रदेश, जिल्ला, पालिका, वडा तथा टोलस्तरका पार्टी संरचनाको समायोजनलाई प्राथमिकतामा राखिएको छ। साथै सदस्यता नवीकरण, कार्यविभाजन, विभिन्न समन्वय समिति गठन तथा आगामी राजनीतिक रणनीति तय गर्ने विषयमा समेत निर्णय लिइने बताइएको छ।

यो समाचारमा

काठमाडौँलोकतान्त्रिक समाजवादी पार्टी, नेपालजनता समाजवादी पार्टी, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...