निजामती सेवा विधेयक कानुन बन्ने प्रक्रियामा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

13
Share
Featured

काठमाडौँ

कर्मचारीमा ट्रेड युनियनको प्रावधान हटाइएको संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अघि बढाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदालाई अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी गरेको छ।

मस्यौदाअनुसार निजामती सेवामा प्रवेशको अधिकतम उमेर महिलाका लागि ३५ वर्ष र पुरुषका लागि ३२ वर्ष तथा अवकाश उमेर ६० वर्ष तोकिएको छ। साथै अवकाशपछि दुई वर्षसम्म संवैधानिक, राजनीतिक वा सरकारी नियुक्तिमा जान नपाउने ‘कुलिङ पिरियड’ व्यवस्था पनि समावेश गरिएको छ।

मस्यौदा स्वीकृत भएपछि मन्त्रिपरिषद् हुँदै लोकसेवा आयोगको राय लिएर संघीय संसदमा पेस गरिनेछ। यसमा सरुवा, पदस्थापन, सेवा अवधि तथा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित नयाँ व्यवस्था पनि समेटिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...