महिला टी–२० क्रिकेटमा नेपाललाई मलेसियाको ८३ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

17
Share
Featured

काठमाडौँ

मलेसियामा जारी दोस्रो अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ। बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनायो।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् भने धनुश्री मुहुनानले १५ र अरिनान नातास्याले १३ रनको योगदान दिए। अन्य खेलाडी भने दोहोरो अंकमा पुग्न सकेनन्।

बलिङतर्फ नेपालका कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई–दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले एक–एक विकेट लिए। नेपाल अहिले लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको छ।

यो समाचारमा

मलेसियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...