रिमोट वर्कका लागि कानुनी र प्राविधिक आधार तयार भइसकेको छ: मन्त्री तिमिल्सिना

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार २०:१६

28
Share
Featured

काठमाडौँ — सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ बनाउने र सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योगको रूपमा विकास गर्ने लक्ष्य राखेको बताएका छन् ।

 यसअघि शासकीय सुधारका ‘सय बुँदे कार्यसूची’ मार्फत सरकारले डिजिटल शासन र युवा रोजगारीलाई मुख्य आधार मानेको थियो । यसै सन्दर्भमा मन्त्री तिमिल्सिनाले संसद्‌मा भने, ‘दुर्गम क्षेत्रमा बसेर काम गर्न सकिने डिजिटल वर्क हब तथा कम्युनिटी आईटी सेन्टर स्थापना गर्नुपर्ने सुझाव मननीय छ । रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको एवं नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा रहेको छ ।’ 

सरकारले आगामी दशकलाई आर्थिक सुधारको शृङ्खलाका रूपमा अघि बढाउँदै श्रम-निर्यातमा निर्भर अर्थतन्त्रलाई डिजिटल व्यापार र रिमोट वर्कमा आधारित सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना बनाएको छ । दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा विस्तार गरी डिजिटल नेपालको लक्ष्यलाई व्यवहारमा उतार्न सरकार प्रतिबद्ध रहेको मन्त्रीको भनाइ छ ।

‘खुकुलो र पारदर्शी नियमन तथा नियामकको व्यवस्था, करको दर पुनरावलोकन तथा इन्ट्री बेरियर हटाई इन्टरनेट सञ्जालको व्यापक विस्तार गरिनेछ,’ उनले भने, ‘यस सन्दर्भमा सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक र एआई विधेयकहरू तयारी तथा तर्जुमाको चरणमा रहेका छन् ।’ 

रिमोट वर्कसँगै डिजिटल नोम्याड (डिजिटल घुमन्ते)हरूलाई आकर्षित गर्न उपयुक्त भिसा, बसोबास र सहकार्य केन्द्रसम्बन्धी नीतिगत व्यवस्था गर्ने सरकारको योजना छ । 


यो समाचारमा

काठमाडौँविक्रम तिमिल्सिना

ट्यागहरू

#विक्रम तिमिल्सिना#काठमाडौं#सञ्चार तथा सूचना प्रविधिमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    News Image

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    News Image

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    News Image

    सरकार असफल भए व्यवस्थामाथि नै प्रश्न उठ्छ - एमाले मुख्य सचेतक महर

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू