देउवाको स्वास्थ्य र स्वदेश फिर्ताबारे संसदीय समितिमा छलफल

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

13
Share
Featured

काठमाडौँ

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाको स्वास्थ्य अवस्था र उनको स्वदेश फिर्ताबारे चर्चा भएको छ। बैठकमा सांसद महन्थ ठाकुरले देउवा लगायत विदेशमा रहेका नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेका थिए।

ठाकुरले पछिल्लो राजनीतिक अवस्था सकारात्मक दिशातर्फ गइरहेको भन्दै नेताहरू देशमै उपस्थित हुनुपर्ने धारणा राखेका थिए। उनले देउवा, आरजु राणा देउवाविनोद चौधरीजस्ता नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन्।

यसपछि समितिका सभापति कृष्णप्रसाद पौडेलले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनी गम्भीर स्वास्थ्य समस्याका कारण उपचारका लागि विदेशमा रहेको बताए। उनले देउवाको रक्तचापमा ठूलो उतारचढाव देखिएको र चिकित्सकको सल्लाहमा तत्काल उपचार गरिएको जानकारी पनि दिएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबाविनोद चौधरी
आरजु राणा देउवा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...