पृथ्वीचोकका सुकुम्बासीलाई ३ दिनभित्र विवरण बुझाउन महानगरको निर्देशन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

20
Share
Featured

काठमाडौँ

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई ३ दिनभित्र आफ्नो विवरण बुझाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको हो।

महानगरले घरमूली र परिवारका सदस्यहरूको नागरिकता, नाता प्रमाणित वा स्व–घोषणा पत्र तथा अन्य व्यक्तिगत विवरणसहित निवेदन पेस गर्नुपर्ने जनाएको छ। विवरण नबुझाएमा महानगर जिम्मेवार नहुने चेतावनीसमेत दिइएको छ।

यसअघि निस्सा वितरण भइसकेको उक्त क्षेत्रमा बसोबास व्यवस्थापन तथा बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइँदैछ। बसपार्क क्षेत्रमा करिब ४ सयभन्दा बढी सुकुमबासी बसोबास गर्दै आएको अनुमान गरिएको छ।

यो समाचारमा

काठमाडौँपोखरा महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...