सरकार कर्तव्यबाट भागेको आरोप, दैनिक प्लेकार्ड प्रदर्शन गर्ने हर्क साम्पाङको चेतावनी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

17
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकार आफ्नो कर्तव्यबाट भागेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा प्लेकार्ड देखाउँदै उनले सरकारलाई संसदप्रति जवाफदेही बन्न माग गरेका हुन्।

साम्पाङले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू सदनमा उपस्थित नभएको भन्दै जनताको प्रश्नको उत्तर दिन सरकार असफल भएको दाबी गरे। उनले सीमा समस्या, महँगी नियन्त्रण र सहकारी पीडितको रकम फिर्ताजस्ता विषयमा प्रश्न उठाए पनि सरकारबाट स्पष्ट जवाफ नआएको बताए।

उनले आफ्ना माग पूरा नभएसम्म हरेक दिन संसदमा प्लेकार्ड प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन्। सभामुखले भने प्लेकार्ड प्रदर्शन संसदीय मर्यादा विपरीत भएको भन्दै सचेत गराएका छन्।

यो समाचारमा

काठमाडौँश्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राईप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...