काठमाडौँ
सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतलाई एक तह माथिल्लो पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको हो।
सिफारिस अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न प्रस्ताव गरिएको छ। साथै एसपी सञ्जय भट्टराईलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ भने कानुन समूहका युवराज अर्याललाई पनि डीआईजी पदमा सिफारिस गरिएको छ।
त्यसैगरी प्राविधिक स्वास्थ्य समूहकी डा. रोस्सु थापालाई एसएसपी पदमा र कानुन समूहका छविलाल पाण्डेलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ। सिफारिस उपर असन्तुष्ट भएमा ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था रहेको समितिले जनाएको छ।