न्यायाधीश नियुक्ति पारदर्शी बनाउने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

18
Share
Featured
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीश नियुक्ति प्रक्रिया पारदर्शी, व्यवस्थित र योग्यता–आधारित बनाउने योजना प्रस्तुत गरेका छन् ।
  • न्याय परिषद्को सिफारिसलाई वस्तुनिष्ठ मापदण्ड र समयबद्ध कार्यतालिकाका आधारमा नियमित रूपमा गर्ने प्रतिबद्धता जनाइएको छ ।
  • न्यायाधीश नियुक्तिमा अनुभव, क्षमता र समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिने उनको योजना रहेको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले न्यायाधीश नियुक्ति प्रक्रियालाई पारदर्शी, व्यवस्थित र अनुमानयोग्य बनाउने कार्ययोजना प्रस्तुत गरेका छन् । संसदीय सुनुवाइ समितिमा उनले न्याय परिषद्बाट हुने नियुक्ति सिफारिसलाई पूर्ण रूपमा योग्यता प्रणालीमा आधारित बनाउने प्रतिबद्धता जनाएका हुन् ।

उनका अनुसार न्यायाधीश छनोटमा संविधान र कानुनले तोकेको योग्यता, क्षमता, अनुभव तथा न्यायिक निष्ठालाई वस्तुनिष्ठ आधारमा मूल्यांकन गर्ने प्रणाली विकास गरिनेछ । साथै, नियुक्ति प्रक्रिया समयबद्ध बनाउन विशेष कार्यतालिका बनाइ नियमित रूपमा न्याय परिषद्को बैठक सञ्चालन गरिने योजना रहेको छ ।

डा. शर्माले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा सामान्यतः उच्च अदालतका न्यायाधीशलाई प्राथमिकता दिने र उच्च अदालतमा जिल्ला अदालतका न्यायाधीश तथा अधिकृतहरूलाई प्राथमिकता दिने व्यवस्था गर्ने बताएका छन् । जिल्ला अदालतमा इजलास अधिकृतको अनुभवलाई समेत प्रमुख आधार बनाइने उल्लेख गरिएको छ । साथै, उनले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यो समाचारमा

काठमाडौँउच्च अदालतसर्वोच्च अदालतडा. मनोज कुमार शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...