प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको योग्यतामाथि प्रश्न, संसदीय समितिमा उजुरी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

15
Share
Featured
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको योग्यता र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
  • उजुरीकर्ताले उनलाई सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक न्यूनतम योग्यता नपुगेको र नियुक्तिमा पहुँचको दुरुपयोग भएको आरोप लगाएका छन् ।
  • एनसेल कर छुटलगायतका विवादित फैसलाले राज्यलाई आर्थिक क्षति पुगेको दाबी गर्दै नियुक्ति अस्वीकृत गर्न माग गरिएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको योग्यता र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले डा. शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश बन्न नै अयोग्य भएको दाबी गरेका छन् ।

उनका अनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन आवश्यक न्यूनतम योग्यता—जस्तै लामो समयको वकालत, उच्च अदालतको न्यायाधीश अनुभव वा न्यायिक निकायमा पर्याप्त सेवा अवधि—डा. शर्मासँग पूरा नभएको आरोप छ । उनले शर्माको नियुक्तिमा पारिवारिक पहुँच र शक्तिको दुरुपयोग भएको समेत दाबी गरेका छन् ।

आचार्यले २०७६ सालमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिधै नियुक्त गरेको उल्लेख गर्दै यसअघि पनि सो नियुक्तिविरुद्ध उजुरी परे पनि सुनुवाइ नभएको बताएका छन् । साथै, सर्वोच्चमा दायर रिटसमेत खारेज गरिएको उनको भनाइ छ ।

उनले प्रस्तावित प्रधानन्यायाधीश शर्माले गरेका केही फैसला विवादित रहेको उल्लेख गर्दै एनसेल कर छुटसम्बन्धी मुद्दामा भएको निर्णयले राज्यलाई ठूलो आर्थिक क्षति पुगेको आरोपसमेत लगाएका छन् । उजुरीकर्ताले संसदीय समितिलाई संविधान र न्यायिक मापदण्डअनुसार निर्णय गरी उनको नाम अस्वीकृत गर्न माग गरेका छन् ।

यो समाचारमा

सर्वोच्च अदालतडा. मनोज कुमार शर्माकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...