अमरसिंह चोक क्षेत्रमा ५१ अतिक्रमित टहरामा महानगरको डोजर, मेयर आचार्यको निरीक्षण

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

15
Share
Featured
  • पोखराको अमरसिंह चोकमा रहेका ५१ वटा अतिक्रमित टहरा पोखरा महानगरपालिकाले डोजर लगाएर हटाएको छ ।
  • सर्वपक्षीय बैठकको सहमतिपछि राजमार्ग छेउका अनधिकृत संरचना हटाउने निर्णयअनुसार कारबाही गरिएको हो ।
  • मेयर धनराज आचार्य ले स्थलगत निरीक्षण गरेका छन् र अहिले भग्नावशेष हटाउने काम भइरहेको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित टहरा तथा सटरहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पृथ्वी राजमार्ग छेउमा रहेका ५१ वटा टहरा मंगलबार बिहानैदेखि हटाउने काम सुरु गरिएको हो ।

सर्वपक्षीय बैठकको सहमतिपछि उक्त संरचना हटाइएको हो । यसअघि सोमवार सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासहितको बैठकले राजमार्ग मिचेर बनाइएका अनधिकृत संरचना हटाउनुपर्ने निष्कर्ष निकालेको थियो । सोही सहमतिअनुसार महानगरले डोजर परिचालन गरेको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सो क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । वडा नम्बर–१० का वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार अमरसिंह माध्यमिक विद्यालयको जग्गामा २०३८ सालदेखि टहरा बनाएर भाडामा लगाइएको थियो ।

महानगरको कारबाहीअघि नै अधिकांश व्यवसायीहरूले आफ्ना सटर तथा सामान खाली गरिसकेका थिए । बाँकी रहेका संरचना हटाउने र जमिन सम्याउने काम महानगरले जारी राखेको छ ।

यो समाचारमा

पोखरा महानगरपालिकाकाठमाडौँधनराज आचार्यपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...