ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक खड्का मृत फेला

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा प्रबन्धक पिताम्बर खड्का मृत अवस्थामा फेला परेका छन् । दमक नगरपालिका–८ स्थित आफ्नै घरमा सोमबार साँझ उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

खड्का बैंकको विराटनगर शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत रहेको बताइएको छ । घटनापछि उनको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ र प्रारम्भिक चरणमा अनुसन्धान जारी रहेको छ । परिवारका सदस्य तथा सम्बन्धित पक्षसँग समन्वय गरी विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो समाचारमा

काठमाडौँग्लोबल आइएमई बैंक लिमिटेडदमक  नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...