महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

27
Share
Featured

महेन्द्रनगरकञ्चनपुर जिल्लाको महाकाली नदी (काली नदी)मा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कम्पनी कुमार–सिएफइसी जेभीले दायर गरेको रिटमा आज उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सो कम्पनीले गत शुक्रबार सडक विभाग , सडक सुधार तथा विकास आयोजना निर्देशनालयर लक्ष्मी सनराइज बैंक लिमिटेडलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेको थियो ।

आज उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाडौँबाट लक्ष्मी सनराइज बैंक लिमिटेडलाई कार्यसम्पादन जमानत र धरौटीबापत् रिटन्सन भनी सम्बन्धित रकम जम्मा गराइ दिनेसम्बन्धी कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको पुल निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेले बताए ।

महाकाली पुलको ९४ प्रतिशत काम सकिएको अवस्थामा गत शुक्रबार सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का सम्झौता अन्त्य तथा फरफारकसम्बन्धी सात दिने सूचना जारी गरेको थियो । पुलसँगै निर्माण गरिने गाइडबण्डको नयाँ डिजाइन र भेरिएसन अर्डर (भिओ) स्वीकृतिको काममा ढिलाइ भएको भन्दै पुल निर्माण कम्पनी कुमार–सिएफइसी जेभीले महाकाली पुल योजना कार्यालय कञ्चनपुरलाई २०८२ वैशाखमा पत्राचार गरेको थियो ।

उक्त योजनाको प्रक्रियागत ढिलासुस्ती भएको आरोप लगाउँदै निर्माण कम्पनीले यसअघि उच्च अदालत पाटनमा मुद्दासमेत दायर गरेको थियो । पाटन अदालतले उक्त मुद्दामा मध्यस्त न्यायाधिकरणमा पठाएको छ । हाल उक्त मुद्दा मध्यस्त न्यायाधिकरणमै रहेको छ । तीन अर्ब ७७ करोड रुपैयाँ लागत अनुमानको उक्त पुलको काम तीन वर्षअघि नै ९४ प्रतिशत सम्पन्न भइसकेको थियो ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ‘पोस्ट–टर्मिनेशन इभ्यालुएसन’ गरी सरकारलाई हुनुपर्ने क्षति वा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने भन्दै सूचना जारी गरेपछि निर्माण कम्पनी त्यस विरुद्ध अदालतमा रिट दायर गर्न पुगेको थियो ।

यो समाचारमा

सडक विभागकञ्चनपुर जिल्लामहेन्द्रनगरमहाकाली नदी (काली नदी)
लक्ष्मी सनराइज बैंक लिमिटेड4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...