श्रम संस्कृति पार्टीले गर्यो संसदमा पर्चा प्रदर्शन, सभामुखद्वारा मर्यादाको आग्रह

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

13
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा बैठकको क्रममा हर्कराज साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले संसदभित्र पर्चा प्रदर्शन गरेको छ । बैठक सुरु हुनेबित्तिकै सो पार्टीका सांसदहरूले सभामुखको अगाडि प्रदर्शन गर्दै ध्यानाकर्षण गराएका हुन् ।

प्रदर्शनका क्रममा सांसदहरूको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो । साथै पर्चामा ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद छलेर अध्यादेश ल्याउन बन्द गर’ र ‘संसदीय मर्यादा पालन गर’ जस्ता नारा समेत उल्लेख गरिएको थियो ।

संसदभित्र गरिएको उक्त प्रदर्शनपछि सभामुखले श्रम संस्कृति पार्टीलाई मर्यादित ढङ्गले प्रस्तुत हुन आग्रह गरेका छन् । घटनाले प्रतिनिधिसभा बैठक केही समय प्रभावित भएको बताइएको छ ।

यो समाचारमा

श्रम संस्कृति पार्टीकाठमाडौँहर्कराज साम्पाङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...