प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

20
Share
Featured
  • प्रधानमन्त्री बालेन शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक आरोहण गरेकी लाक्पा शेर्पालाई सगरमाथा आरोहणका कीर्तिमानी सफलताप्रति बधाई तथा सम्मान व्यक्त गरेका छन्।
  • कामी रिताले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन् भने लाक्पा शेर्पाले ११औँ पटक आरोहण गरी महिलातर्फ सर्वाधिक आरोहणको कीर्तिमान कायम गरेकी छन्।
  • शाहले शेर्पा समुदायलाई “हिमालयका अदृश्य नायक” भन्दै उनीहरूको साहस र योगदानले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर थप प्रतिष्ठित बनाएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक आरोहण गरेकी लाक्पा शेर्पालाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले यी दुई आरोहीको सफलताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई थप उज्यालो बनाएको बताएका छन्।

कामी रिताले आज बिहान १०:१२ बजे ३२औँ पटक सगरमाथा चढेर आफ्नै विश्व कीर्तिमान नवीकरण गरेका हुन् भने 'माउन्टेन क्विन' लाक्पा शेर्पाले बिहान ९:३० बजे ११औँ पटक सफल आरोहण गर्दै महिलातर्फ सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान कायम गरेकी छन्।

प्रधानमन्त्री शाहले सगरमाथालाई नेपालको आत्मसम्मान, साहस र हिमाली सभ्यताको सर्वोच्च प्रतीकका रूपमा चित्रण गर्दै शेर्पा समुदायलाई 'हिमालयका अदृश्य नायक' को संज्ञा दिएका छन्। "शेर्पाहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ," उनले भनेका छन्। आरोहीहरूको अदम्य साहस र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय र आकर्षक बनाउने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गरेका छन्।


यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...