'संविधानले कुनै एउटा पार्टीको इच्छा मात्र बोक्नु हुँदैन'- अर्जुननरसिंह केसी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

15
Share
Featured
  • नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि वरिष्ठ संविधानविद्को नेतृत्वमा ‘संविधान सुधार सुझाव आयोग’ गठन गर्न प्रस्ताव गरेका छन्।
  • उनले संविधान संशोधनलाई कुनै एक दलको चाहनाभन्दा माथि उठाएर राष्ट्रिय बहसका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
  • केसीले संसदभित्र र बाहिरका सबै राजनीतिक शक्तिलाई समेटेर साझा सुझाव तयार गर्नुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा राष्ट्रले चिनेको वरिष्ठ संविधानविद्को नेतृत्वमा 'संविधान सुधार सुझाव आयोग' गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

नेता केसीले संविधानले कुनै एउटा राजनीतिक दलको इच्छा वा अभिमतलाई मात्र प्रतिनिधित्व गर्न नहुने बताउँदै व्यवहारमा देखिएका त्रुटि र कमजोरीहरूलाई केन्द्रमा राखेर राष्ट्रिय बहस चलाउनुपर्नेमा जोड दिए। उनले प्रस्तावित आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिहरूलाई समेटेर साझा सुझाव तयार पार्नुपर्ने बताए।

यस विषयमा आफूले पार्टी सभापति र महामन्त्रीलाई समेत लिखित वा मौखिक रूपमा सुझाव दिइसकेको उनले जानकारी दिए। प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित उक्त कार्यक्रममा केसीले समसामयिक राजनीतिमा कांग्रेसले नेतृत्वदायी र समन्वयकारी भूमिका खेल्नुपर्ने उल्लेख गरे।

यो समाचारमा

नेपाली काँग्रेसअर्जुन नरसिंह के.सीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। 'नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना' को प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न चीन सरकार, सिडका (CIDCA) र एफएओ (FAO) जस्ता साझेदारहरूको भूमिका महत्वपूर्ण हुने

    Data is loading...

    Loading brands...

    Loading footer...