सिरहाको झाडीमा भेटियो ११ बोरा गाँजा, २७६ किलो बरामद

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

18
Share
Featured

सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कर्जन्हा नगरपालिका–११ स्थित झाडीमा लुकाएर राखिएको अवस्थामा २७६ किलो गाँजा फेला परेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ  कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३ सय मिटर पर रहेको झाडी क्षेत्रमा खोजतलास गर्ने क्रममा ११ वटा बोरामा प्याक गरेर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।

गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने विषयमा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...