
सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कर्जन्हा नगरपालिका–११ स्थित झाडीमा लुकाएर राखिएको अवस्थामा २७६ किलो गाँजा फेला परेको हो।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३ सय मिटर पर रहेको झाडी क्षेत्रमा खोजतलास...