मौसम अपडेट: चार प्रदेशका पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

31
Share
Featured
          • नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावले मौसममा आंशिकदेखि साधारणतया बदली भएको छ।
          • कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भेगमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
          • मधेश प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ।
          • लुम्बिनी र सुदूरपश्चिम प्रदेशका भू-भागमा भने मौसम सफा रहने र तापक्रम बढ्ने देखिएको छ।
          • चट्याङ्ग र हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न महाशाखाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
          समाचार सारांशGenerated using AI.

          काठमाडौँ, ०३ जेठ

          हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ, जसका कारण गण्डकी प्रदेश, बागमती प्रदेशकोशी प्रदेशका थोरै स्थानहरूमा अहिले नै वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशकर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

          महाशाखाका अनुसार यी चार प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्नेछ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ। अर्कोतर्फ, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा भने तापक्रम बढेर गर्मी बढ्ने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मौसम बदली भई हल्का वर्षा र हिमपातको क्रम जारी रहनेछ।

          यो समाचारमा

          कर्णाली प्रदेशनेपालगण्डकी प्रदेशकोशी प्रदेश
          काठमाडौँ6 more

          यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

            कुल मतदान: 0

            सम्बन्धित समाचार

            sajilo patrika

            देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

            काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

            Data is loading...

            Loading brands...

            Loading footer...