फोहोर पृथकीकरण नहुँदा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा वातावरणीय जोखिम बढ्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

28
Share
Featured
  • काठमाडौँ उपत्यकामा फोहोरको स्रोतमै पृथकीकरण नहुँदा ल्यान्डफिल साइटमा व्यवस्थापन गर्दा वातावरण र जैविक विविधतामा असर परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।
  • बञ्चरेडाँडा ल्यान्डफिल साइटको सञ्चालनमा फोहोर वर्गीकरण, ग्यास भेन्टिलेसन र दैनिक व्यवस्थापन जस्ता काम प्रभावकारी रूपमा हुन नसकेको उल्लेख छ।
  • लिचेट पोखरी ओभरफ्लो, मोटर बिग्रिनु र फोहोर पानी खोलामा मिसिनुजस्ता समस्याले वातावरणीय जोखिम बढाएको प्रतिवेदनको निष्कर्ष छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यकामा फोहोरको स्रोतमै पृथकीकरण नगरी सबै प्रकारको फोहोर एकैपटक ल्यान्डफिल साइटमा पठाइँदा वातावरण र जैविक विविधतामा नकारात्मक असर परेको महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको प्रतिवेदनको निष्कर्ष छ।

सरकारको निर्णयअनुसार ककनी र धुनीबेँसी क्षेत्रको बञ्चरेडाँडा फेदीमा ल्यान्डफिल साइट निर्माण र सञ्चालन भइरहेको छ। उपत्यकाका २३ स्थानीय तहको फोहोर २०७९ जेठदेखि त्यहीँ विसर्जन हुँदै आएको छ भने सञ्चालनका लागि काठमाडौँ महानगरपालिकालाई जिम्मेवारी दिइएको छ।

प्रतिवेदनअनुसार जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोग गर्नुपर्ने प्रणाली प्रभावकारी हुन सकेको छैन। ग्यास भेन्टिलेसन, दैनिक माटोले पुर्ने कार्य र अन्य व्यवस्थापन नियमित रूपमा नहुँदा समस्या बढेको उल्लेख छ।

ल्यान्डफिल साइटका सेल भरिनु, लिचेट पोखरी ओभरफ्लो हुनु र रिसर्कुलेसन प्रणालीका मोटर बिग्रिनु जस्ता समस्याका कारण फोहोरबाट निस्किने प्रदूषित पानी खोलामा मिसिँदा वातावरणीय जोखिम थप बढेको प्रतिवेदनले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सृजना गर्दै आएका छन्

    Data is loading...

    Loading brands...

    Loading footer...