मधेस सरकारलाई समर्थन गर्ने विषयमा जसपा नेपालभित्र मतभेद

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

19
Share
Featured
  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा जसपा नेपालभित्र मतभेद देखिएको छ।
  • पार्टीको संसदीय दल बैठकले निर्णय गर्न नसक्दा मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिका प्रभावित भएको छ।
  • केही नेताले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् भने केहीले सरकारको कार्यसम्पादन कमजोर भएको भन्दै आलोचना गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालभित्र मतभेद देखिएको छ। मुख्यमन्त्रीलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र दुई धार देखिएपछि निर्णय प्रक्रिया अन्योलमा परेको हो।

शुक्रबार बसेको जसपा नेपालको मधेस प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने वा नदिनेबारे कुनै निष्कर्ष निकाल्न सकेन। निर्णय हुन नसकेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यतालिका समेत हेरफेर गर्नुपरेको बताइएको छ।

जसपा नेपालका २६ जना प्रदेशसभा सदस्यहरूमध्ये अधिकांशले अहिले सरकारमा सहभागी हुन नहुने धारणा राखेका छन्। केही सांसदले सरकारमा जानैपर्ने अवस्था आए नेतृत्व भने आफ्नै पार्टीले गर्नुपर्ने अडान राखेका छन्।

बैठकमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, मनिष सुमन, राजु गुप्ता र रानी शर्मा तिवारीलगायत नेताहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। सरकार परिवर्तनको समय नभएको भन्दै उनीहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

तर पार्टीभित्रकै केही नेताहरूले भने मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाएका छन्। पूर्वमुख्यमन्त्री सरोज यादवले सरकारले तय गरिएका योजना र लक्ष्यअनुसार काम गर्न नसकेको टिप्पणी गरे।

यसैबीच जसपा नेपाल र लोसपा नेपालबीच एकता प्रक्रिया अघि बढेपछि मधेस प्रदेशमा संसदीय दलको नेता बन्न विभिन्न नेताहरू सक्रिय भएका छन्। अन्तिम निर्णय भने केन्द्रको निर्देशनअनुसार हुने नेताहरूको भनाइ छ।

यो समाचारमा

उपेन्द्र यादवकाठमाडौँजनता समाजवादी पार्टी, नेपालमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...