प्रधानमन्त्री बालेनद्वारा डीडीसीको याक चिज प्रवर्द्धन, स्वदेशी उत्पादनलाई समर्थन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

37
Share
Featured


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले स्वदेशी उत्पादन याक चिजको प्रवर्द्धन गर्दै नयाँ तस्बिर सार्वजनिक गरेका छन्। शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत याक चिज खाँदै गरेको फोटो सार्वजनिक गरेका हुन्।

यसअघि पनि उनले सार्वजनिक गरेका तस्बिरहरू चर्चामा आएका थिए। यसपटक भने उनले नेपाली उत्पादनको प्रवर्द्धनलाई समेत जोड दिएका छन्।

दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गर्दै आएको याक चिज उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट बनाइन्छ। डीडीसीका अनुसार वार्षिक करिब ३६ हजार किलो याक चिज उत्पादन हुँदै आएको छ।

यो समाचारमा

फेसबुकबालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...