मध्यपहाडी राजमार्गको चौरजहारी खण्ड २० दिनका लागि पूर्ण रूपमा बन्द

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

25
Share
Featured

काठमाडौँ

मध्यपहाडी राजमार्गअन्तर्गत पश्चिमी रूकुमको चौरजहारी खण्ड २० दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार सडक ढलान तथा आवधिक मर्मत कार्यका लागि आज (जेठ २ गते) देखि यातायात सेवा बन्द गरिएको हो।

चौरजहारी नगरपालिका–३ स्थित स्यालापाखा–मुसिकोट खण्डअन्तर्गत टाँटागाउँ स्यालाखोला (चौरजहारी) देखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य भइरहेकोले सवारी आवागमन रोकिएको कार्यालयले जनाएको छ। निर्माण कार्यलाई तीव्रता दिन र गुणस्तरीय ढलान सुनिश्चित गर्न सडक बन्द गरिएको हो।

सूचना अनुसार यो सडक जेठ २२ गतेसम्म अर्थात् २० दिनसम्म बन्द रहनेछ। यस अवधिमा यात्रु तथा सवारी साधनका लागि चौरजहारी–रुकुम पश्चिम हुँदै कुदु–जाजरकोट झोलुङ्गे पुल मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।


यो समाचारमा

चौरजहारी नगरपालिकाकाठमाडौँपश्चिमी रूकुम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...