वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

28
Share
Featured
  • 'मूल्य पारदर्शिता सप्ताह' अन्तर्गत वीरगञ्जका होटल तथा क्यान्टिनहरूमा आकस्मिक अनुगमन गरिएको छ।

  • उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गर्ने तीनवटा होटल तथा क्यान्टिनलाई कारबाही गरिएको छ।

  • नियम मिच्ने तराई क्यान्टिनलाई ५० हजार, ज्योति मगर होटललाई २० हजार र चौधरी होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

  • अनु देवीको व्यवसायलाई कमजोरी फेला परेपछि आवश्यक सुधारका लागि निर्देशन दिइएको छ।

  • उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि अनुगमन कार्यलाई निरन्तरता दिइने समितिले स्पष्ट पारेको छ।

समाचार सारांशGenerated using AI.

वीरगञ्ज (पर्सा), २ जेठ

मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा शुक्रबार तीन व्यवसायीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएको भन्दै कारबाही गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख आशुतोष कुशवाहाले संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका–११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार रु ५० हजार जरिवाना गरेको जानकारी दिनुभयो । यस्तै, वीरगञ्ज महानगरपालिका–१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार रु २० हजार जरिवाना गरिएको छ । सोही वडामा सञ्चालित चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (क) अनुसार रु पाँच हजार जरिवाना गरिएको समितिले जनाएको छ ।

अनुगमनका क्रममा वीरगञ्ज–१३ मा सञ्चालित अनु देवीको व्यवसायमा केही सुधार गर्नुपर्ने देखिएकाले आवश्यक सुधारका लागि सामान्य निर्देशन दिइएको बताइएको छ । जिल्ला अनुगमन समितिले उपभोक्ताको हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

यो समाचारमा

पर्सावीरगञ्ज महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...