ट्राफिक प्रहरीको विशेष चेकिङमा १७ सवारीसाधनका चालक कारबाहीमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

21
Share
Featured
  • काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङ अभियानमा यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।
  • ४७ वटा सवारी साधन जाँच गर्दा ह्याण्डब्रेक, लाइट, टायरलगायत प्राविधिक समस्या देखिएपछि कारबाही गरिएको हो।
  • ट्राफिक प्रहरीले नियमित मर्मत नगरी सवारी नचलाउन आग्रह गर्दै यस्ता चेकिङ अभियान निरन्तर जारी रहने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर भएका १७ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। सो क्रममा ४७ वटा सवारी साधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारी साधन मापदण्डअनुसार नभएको पाइएपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

जाँचका क्रममा कतिपय सवारी साधनमा ह्याण्डब्रेक बिग्रिएको, लाइट नचलेको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। यस्ता कमजोरी भएका सवारी साधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही गरिएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारी साधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बनेको बताए। उनले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको जानकारी दिए।

ट्राफिक प्रहरीले सवारी धनी तथा चालकलाई नियमित रूपमा ब्रेक, टायर, लाइट, इन्जिनलगायत उपकरणको अवस्था जाँच गर्न आग्रह गरेको छ। साथै, आवश्यक मर्मतबिना सवारी सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ।

कार्यालयले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिने जनाएको छ।

यो समाचारमा

त्रिभुवन विश्वविद्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...