सरकारद्वारा १३ आयोजनालाई ८ अर्ब २५ करोड बराबरको सामग्रीमा कर छुट

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

25
Share
Featured
  • सरकारले १३ वटा विकास आयोजना र निर्माण कार्यका लागि आयात हुने करिब ८ अर्ब २५ करोड रुपैयाँ बराबरका सामग्रीमा कर छुट दिने निर्णय गरेको छ।
  • अधिकांश आयोजनामा १ प्रतिशत भन्सार महसुल लिएर बाँकी कर छुट दिइएको छ भने केही आयोजनामा पूर्ण कर छुट पनि दिइएको छ।
  • कर छुट पाउने आयोजनाहरूमा रेल्वे मर्मत, विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरणका परियोजनाहरू रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले विभिन्न विकास आयोजना र निर्माण कार्यका लागि आयात हुने मालवस्तुहरूमा कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै १३ वटा आयोजनालाई लक्षित गरी कर छुटको व्यवस्था गरिएको जनाएको छ। अधिकांश आयोजनामा १ प्रतिशत भन्सार महसुल लिई बाँकी सबै दस्तुर, शुल्क तथा कर छुट दिइएको छ भने केही आयोजनामा पूर्ण कर छुट प्रदान गरिएको छ।

सरकारी निर्णयअनुसार यी आयोजनाका लागि आयात हुने सामग्रीको कुल मूल्य करिब ८ अर्ब २५ करोड रुपैयाँ बराबर रहेको छ। कर छुट प्राप्त हुने आयोजनाहरू मुख्यतया विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण तथा वितरण प्रणाली सुदृढीकरणसँग सम्बन्धित छन्।

रेलवे मर्मतदेखि विद्युत् प्रसारण लाइन र सबस्टेसन निर्माणसम्मका विभिन्न परियोजनालाई कर छुट दिइएको छ। जयनगर–कुर्ता खण्ड रेल्वे मर्मतका लागि मात्र पूर्ण कर छुट दिइएको छ भने अन्य धेरै आयोजनामा न्यूनतम १ प्रतिशत भन्सार महसुल लागू गरिएको छ। त्यस्तै मुलपानी १३२ केभी सबस्टेसन, ललितपुरभक्तपुर वितरण प्रणाली सुदृढीकरण, मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन, काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण लगायतका आयोजनाहरू यस सूचीमा परेका छन्।

पूर्ण कर छुट पाउनेमध्ये एमसिए–नेपाल अन्तर्गत रातमाटे ४०० केभी सबस्टेसन निर्माण प्रमुख रहेको छ, जसको लागत सबैभन्दा ठूलो रहेको छ। त्यस्तै मधेश प्रदेश ग्रामीण विद्युतीकरण तथा विभिन्न वितरण प्रणाली सुधार आयोजनाहरू पनि कर छुट सूचीमा समावेश छन्। सरकारले यी छुट विकास परियोजनाको कार्यान्वयन सहज बनाउन दिइएको जनाएको छ।

यो समाचारमा

भक्तपुरकाठमाडौँमधेश प्रदेशललितपुर
अर्थ मन्त्रालय4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीमाथि हुने कारबाही र उनीहरूको भविष्यको योग्यताका विषयमा ऐनमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।रावलले प्रस्तावित विधेयकको दफा

    Data is loading...

    Loading brands...

    Loading footer...