‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

19
Share
Featured

काठमाडौँ- प्रधानमन्त्री लाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल राप्रपा नेपालका ज्ञानेन्द्र शाहीले बताएका छन् ।

उनले संसद्लाई बन्धक बनाएर देश चलाउने मानसिकता लोकतन्त्रविपरीत रहेकाले सदनमा स्वयम् प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए।

प्रधानमन्त्री शाह उपस्थित नभए सदन चल्न नदिने प्रतिपक्षले अडान लिएका छन् ।

‘प्रधानमन्त्रीको अनुहार हेर्न सदन बोलाएको होइन, जवाफ माग्न बोलाएको हो’, उनले भने, ‘प्रधानमन्त्रीज्यू तत्काल संसद्मा उपस्थित भई जवाफ दिनुपर्छ।’

शाहीले प्रधानमन्त्रीको यो गतिविधिको घोर निन्द्रा गर्ने पनि बताए । उनलेप्रधानमन्त्री सदनमा जसरी उपस्थित हुनुपर्ने अडान राखे । प्रतिपक्षीले घेरिरहेपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक रोकेका छन् ।

यो समाचारमा

काठमाडौँज्ञानेन्द्र शाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...