सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

19
Share
Featured

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकडमाथि आपत्ति जनाएका छन् । बिहीबार पोखरा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले व्यवसायीमाथि गरेको धरपकड तुरुन्त नरोके देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

‘कानुनबमोजिम गलत गर्नेले दण्ड पाउनुपर्छ भन्नेमा कांग्रेस आफ्नै पार्टीको मान्छे भए पनि विरोधमा उत्रिँदैन । तर राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने यसको ठूलो मूल्य देशले चुकाउनुपर्छ,’ उनले भने ।

जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दापनि सरकारले विवेक, करुणा र कानुन देखाउनुपर्ने उनको भनाइ छ ।

थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औँल्याए । उनले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाए ।

‘हामी कतै नेतृत्वमा छौँ कतै समर्थनमा छौँ यो सरकारको कामको हामीले वर्षभरी प्रचार गर्न पाउनुपर्छ । सरकारको कामले गर्दा एक जना पनि कार्यकर्ताको शिर निहुरिन हुँदैन,’ उनले भने ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेशस्तरीय भेला कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ ।

यो समाचारमा

नेपाली काँग्रेसगगन थापाकाठमाडौँपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...