मनाङमा सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालय उद्घाटन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

22
Share
Featured
  • मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय तालिम शिक्षालय भवनको उद्घाटन गृहसचिव राजकुमार श्रेष्ठ ले गरेका छन्।
  • ‘सिसम–२ उच्च भू–भाग खोज तथा उद्धार तालिम’ सम्पन्न भएको छ, जसअन्तर्गत प्रशिक्षार्थीहरूले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए।
  • तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रमा हिमपात र विपद्मा फसेका नागरिकहरूको उद्धार गर्दै आएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मनाङमा सशस्त्र प्रहरी बल नेपालको पर्वतीय तालिम शिक्षालय भवन उद्घाटन गरिएको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले बिहीबार आयोजित कार्यक्रममा शिक्षालयको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

उद्घाटनसँगै शिक्षालयमा सञ्चालित ‘सिसम–२ उच्च भू–भाग खोज तथा उद्धार तालिम’ पनि सम्पन्न गरिएको छ। कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सीमित स्रोत–साधनका बाबजुद सशस्त्र प्रहरीले विपद् उद्धारमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले प्राकृतिक विपद्का समयमा सशस्त्र प्रहरी बलले निरन्तर प्रभावकारी काम गर्दै आएको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन तथा उद्धार कार्यमार्फत संगठनले आफूलाई राष्ट्रको भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित गरेको धारणा व्यक्त गरे। उनका अनुसार हिमाली तथा दुर्गम क्षेत्रमा उद्धार क्षमता अभिवृद्धि गर्न यस्ता तालिम प्रभावकारी बन्दै गएका छन्।

तालिमका क्रममा ४ जना प्रशिक्षक र १८ जना प्रशिक्षार्थीले वैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए। यसअघि पनि सशस्त्र प्रहरीका टोलीहरूले उक्त हिमालको सफल आरोहण गर्दै उच्च भू–भाग उद्धार क्षमताको प्रदर्शन गरेका थिए।

कार्यक्रममा मनाङ जिल्लाका स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रालयका अधिकारी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो।

२०७७ सालमा मनाङ सदरमुकाममा स्थापना गरिएको उक्त शिक्षालय २०७८ वैशाखदेखि ङिस्याङ गाउँपालिका–४ हुम्डेमा सञ्चालन हुँदै आएको छ। हालसम्म शिक्षालयबाट दर्जनौँ सुरक्षाकर्मीले उच्च भू–भाग खोज तथा उद्धार, एडभान्स र रोप रेस्क्यु तालिम प्राप्त गरिसकेका छन्।

तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा हिमपात र विपद्का समयमा सयौँ नागरिकको उद्धार गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँमनाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...