राखेपको चेतावनी : असार १५ भित्र नवीकरण नगरे खेल संघ खारेज हुने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

31
Share
Featured
काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामो समयदेखि नवीकरण नगरी सञ्चालनमा रहेका राष्ट्रिय खेल संघलाई खारेज गर्ने चेतावनी दिएको छ। परिषद्ले बिहीबार सार्वजनिक सूचना जारी गर्दै असार १५ भित्र अनिवार्य रूपमा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो।

राखेपका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम संघहरूले तोकिएको प्रक्रिया पूरा गरी नवीकरण गर्नुपर्ने व्यवस्था छ। पटक–पटक सूचना जारी गर्दा पनि केही संघहरूले नवीकरण नगरेपछि अन्तिम पटकका लागि समयसीमा तोकिएको परिषद्ले जनाएको छ।

तोकिएको समयभित्र नवीकरण नगर्ने संघहरूको हकमा प्रचलित कानुनअनुसार खारेजी प्रक्रिया अघि बढाइने राखेपले स्पष्ट पारेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...